संसद् भवनअगाडि आफैँलाई आगो लगाएका आचार्यको निधन

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ४२


काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उपचारका क्रममा बिहान ५ बजे उनको निधन भएको हो ।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए ।

पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको उपचारकै क्रममा उपचारका क्रममा बिहान ५ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्