संघीयता विरोधी अभिव्यक्ति दिने कानुनमन्त्रीलाई स्पष्टीकरण सोधिने

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ४२


काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोधिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरोधी अभिव्यक्ति दिने कानुनमन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने भएका हुन् ।

केही दिनअघि एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा पनि मन्त्री प्रधानले संघीयता खारेज हुनुपर्ने धारणा राखेका थिए ।

आफ्नै क्याबिनेटका मन्त्रीले संघीयताविरोधी अभिव्यक्ति दिएको कुरा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको मंगलबारको बैठकमा खुलाएका थिए।

उनले मन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्