चोरी भएको शिलालेख फेला

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ११ : ३८


जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका वडा नं ६ जोडु गाउँको देयारडाँडाबाट चोरी भएको शिलालेख फेला परेको छ ।

पुरातत्व महत्वको उक्त शिलालेख सोही गाउँका मनवीर बुढाले चोरी गरेर आफ्नो घरमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
 
गत पुस २८ गते राति शिलालेख चोरी भएपछि माघ १३ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी परेकोमा प्रहरीले खोजी गर्दा शिलालेख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्र चन्द्रले जानकारी दिनुभयो । 

स्थानीय मीनकली रावतको बारीमा रहेको शिलालेख परापूर्वकालदेखिको भएको वडा नं ६ का वडाध्यक्ष कालीबहादुर बुढाले बताउनुभयो ।

शिलालेख वडाध्यक्षको जिम्मा लगाएर फोटो पुरातत्व विभागमा पठाइएको छ । 


प्रतिक्रिया दिनुहोस्