यती जहाज दुर्घटना : सशस्त्रको गोताखोर र रोप रेस्क्यु टोलीले निकाल्यो चार शव

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ०२


कास्की । पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलबाट ४ जनाको शव पनि निकालिएको छ ।

खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।

सोही टोलीले खोँचबाट ४ जनाको शव निकालेको हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा १५ जनाको गोताखोर र रोप रेस्क्यु टोली पोखरा झिकाइएको थियो ।

दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६८ जनाको मृत्यु पुष्टि गरेको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।

पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको थियो ।


प्रतिक्रिया दिनुहोस्