छोरीको बर्थडेमा २० बच्चालाई बोलाएर बन्धक बनाए, प्रहरीले गोली हानी मारिदियो

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ११ : ११


काठमाडौं । भारतको उत्तर प्रदेशमा आफ्नी एक वर्षीया छोरीको जन्मदिन मनाउन भोज आयोजना गरेर २३ बच्चालाई बन्धक बनाएका एक भारतीय पुरुषलाई प्रहरीले गोली हानेर मारेको छ।

यस्तै,उनकी श्रीमतीलाई स्थानीयवासीहरूले कुटीकुटी मारिदिएका छन्। बन्धक बनाइएका छ देखि १५ वर्ष उमेरका सबै २३ बच्चाको सुरक्षित उद्धार गरिएको छ।

सुभाष बाथम नामका ती पुरुषले आफ्नी छोरीको जन्मदिन भन्दै गाउँका बच्चाहरूलाई आफ्नो घर डाकेका थिए।

त्यसपछि उनले आफ्नी छोरी, श्रीमतीसहित सबै बच्चालाई एक भवनमा बन्धक बनाए।

भारतीय मिडियाका अनुसार उनी यसअघि हत्याको आरोपमा जेल परेर छुटेका व्यक्ती हुन् । 

हत्या आरोपमा आफु पक्राउ पर्नुमा स्थानीयवासी जिम्मेवार रहेको भन्दै उनले त्यसकै बदला लिन यस्तो हर्कत गरेका थिए। 

बन्धक बनाएको ७ घण्टापछि बाथमले एक छ महिने बच्चालाई कौसीबाट एक छिमेकीलाई दिएका थिए।

प्रहरीले उनलाई बच्चाहरुलाई छाड्न र आत्मसमर्पण गर्न भनेको थियो । 

प्रहरीसँग उनको १० घण्टासम्म घम्साघम्सी चलेको थियो जुनबेला प्रहरी अधिकारीले उनीसँग सम्झौता गर्न खोजेका थिए। नमानेपछि उनलाई गोली हानी मारिएको हो । 

छिमेकीहरूले जानकारी दिएपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीमाथि उनले आफ्नो भवनबाट गोली चलाएका थिए।

उत्तर प्रदेश प्रमुख ओमप्रकाश सिंहले भने, 'उनीसँग गोलीगट्ठा रहेको थाहा पाएपछि र बम पड्काउने भन्ने धम्की दिएपछि प्रहरीले उनीमाथि आक्रमण गर्ने निर्णय गर्‍यो।'

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीयले उनकी श्रीमतीलाई कुटिकुटि मारिदिएका छन् ।

बच्चाहरु भवनमा बन्धक बनेपछि रातभरि गाँउले त्रासमा बाँचेका थिए । 

 


प्रतिक्रिया दिनुहोस्