यती एयरलाइन्सद्वारा दुर्घटना विवरण सार्वजनिक

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ३ : ५३


काठमाडौं । पोखरामा दुर्घटना भएको जहाजबारे यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ।

कम्पनीले ९ एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जनाएको हो।

जहाजमा चार चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला छन्।

जहाजमा १५ जना विदेशी यात्रु सवार थिए। जसमा पाँचजना भारतीय, चारजना रसियन, दुईजना कोरियन, एक अर्जेन्टिनी, एक आइसिरिस र एक फ्रान्सेली नागरिक रहेको कम्पनीले जनाएको छ।

विमान अन्तिमपटक १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पर्कमा आएको समेत यतीले जनाएको छ।थप विवरण क्रमशः सार्वजनिक गर्दै जानेसमेत कम्पनीको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्