बिदा दिने प्रचण्ड सरकार, रवि लामिछाने र पृथ्वीनारायणमाथि आङकाजीको अपमान

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ४३


काठमाडौं । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयको विरोधमा सबैभन्दा धेरै उग्र जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पा देखिएका छन्।

उनी पृथ्वी जयन्तीको दिन सडकमा विरोध प्रदर्शन गर्न हिँडे तर गौशाला प्रहरीले उनलाई पक्राउ गरेर साँझ छाड्यो।

प्रहरी हिरासतबाट छुटे पनि उनले आफ्नो उग्र प्रदर्शन जारी राखेका छन्।

उनले घरमै पृथ्वीनारायण शाह र गृहमन्त्री रवि लामिछानेको फोटोमाथि थुक्दै, लात्ता प्रहार गरेको भिडियो शेयर गरेका छन्।

राष्ट्र निर्माताको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हालै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री प्रचण्डको भने आङकाजीको कुनै विरोध देखिँदैन।


प्रतिक्रिया दिनुहोस्