काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले ४ सर्त सहित थुनामुक्त गर्न आदेश दिएको छ।
२० लाख धरौटी बुझाएर भोलि सन्दीप रिहा हुनेछन्। रिहा भएपनि उनले केहि सर्तहरु भने पालना गर्नुपर्ने छ।
अदालतका सर्तहरुमा उनलाई विदेश जान रोक लगाइएको छ। उनले यी सर्तहरु नमाने फेरिबीचमै कारागार तानिन सक्नेछन्।
लामिछाने भोलि बिहानबाट धरौटी बुझाएर थुनामुक्त हुने प्रक्रिया प्रारम्भ हुनेछ। गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो।
लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए।
लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो।
लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन्। प्रहरीले गत असोज २० गते लामिछानेलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो।