कोरोना भाइरसबाट मर्नेको संख्या लुकाउँदै चीन ! सडकमै भेटिए शव

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ५०


बेइजिङ । चीनमा कारोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या आाधिकारिक तथ्यांक भन्दा बढि रहेको दाबी गरिएको छ। 

दाहसंस्कारमा खटेका कामदारहरुले मृत्यु भएकाहरुलाई तथ्यांकमा नचढाई अस्पतालबाट सिधै चिहानमा ल्याइने गरेको डेलीमेलले उल्लखे गरेको छ।

चीनको आधिकारिक तथ्यांकमा अहिलेसम्म उक्त घातक भाइरसका कारण २ सय १० जनाको मृत्यु भएको र १० हजार मानिस संक्रमित रहेको उल्लेख छ।

तर,तथ्यांकमा भन्दा बढि मानिसको मृत्यु भइसकेको बताइएको छ।

बेलायती मिडिया द सनले पनि चीनले विश्वलाई दिइरहेको जानकारी संकास्पद रहेको जनाएको छ।

कोरोना भाइरसका कारण अन्तराष्ट्रिय दबाब खेपिरहेको चीनले भाइरस चाँडै नियन्त्रणमा आउने विश्वास गरेको छ। तर हालसम्मको प्रयास सफल हुन सकेको छैन।

यसैबीच, भाइरसको केन्द्रबीन्दु रहेको वुहानको सडकमा एक मानिस मृत अवस्थामा भेटिएका छन्।

मास्क लगाएको अवस्थामा उनी मृत अवस्थामा भेटिएका हुन् । उनीबारे थप अनुसन्धान भइरहेको छ।

सडकमा एक हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा भेटिएका ती ती व्यक्तिको नजिक जाने हिम्मत कसैले गरेनन्।

केहि समयपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली पुगेर उनलाई परिक्षणका लागि लगिएको छ । 

ती मानिसको मृत्यु कसरी भयो भन्ने बारे पुस्टी हुन सकेको त छैन् तर शवको नजिकै उभिएकी एक महिलाले बताए अनुसार ती पुरुषको मृत्यु कोरोना भाइरसकै कारण भएको हुन सक्छ।

‘डरलाग्दो अवस्था छ। हिजोआज थुप्रै मान्छे मरिरहेका छन्,’ उनले भनिन्।

सरकारले यात्रा प्रतिबन्ध लगाउनुअघि यी सडकहरुमा भिडभाड हुने गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्