काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई यसअघि जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उच्च अदालतले आदेश उल्टाएको हो।
अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेर अनुसन्धान जारी राख्न आदेश दिएको हो। अब उनी धरौटी बुझाएर भोलि रिहा हुनेछन्।
धरौटीमा रिहा भएपनि लामिछानेलाई विभिन्न शर्त राखिएको छ। यस्तै लामिछाने अनुमतिबिना विदेश जान नपाउने भएका छन्। अन्य शर्तसहित २० पेज लामो आदेश उच्च अदालतले गरेको छ।