फुटपाथ व्यापारमाथि महानगरको प्रतिबन्ध, ठेलागाडा कब्जा गर्ने

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ५ : ००


काठमाडौं । मेयर बालेन साह नेतृत्वको काठमाडौं महानगरपालिकाले उपत्यकाका सडकपेटिमा फुटपाथ व्यापार गर्न प्रतिबन्ध लगाएको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै फुटपाथ व्यापार गर्नेहरुलाई नियन्त्रणमा लिने चेतावनी दिएको छ।

स्वरोजगारहरूलाई स्ट्रिट भेन्डर र डोर टु डोर सेलरको लाइसेन्स दिएर करको दायरामा ल्याई व्यवस्थापन गर्नुको सट्टा महानगरले प्रतिबन्धित गर्ने सूचना जारी गरेको हो।

यस्तो छ महानगरको सूचना


प्रतिक्रिया दिनुहोस्