बलियो नेपाल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कुपोषण विरुद्ध लड्ने सम्झौता

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : ४६


काठमाडौं । बलियो नेपाल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नेपालमा बाल पोषण प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ।

बलियो नेपालले सरकारी, निजी, अन्तर्राष्ट्रिय तथा गैर सरकारी संस्थाहरू, नागरिक समाज र समुदायका समान विचारधारा भएका अग्रजहरूबाट सहयोग जुटाएर कुपोषण विरुद्धको सामूहिक प्रयास थालेको हो।

सोही परिकल्पना अनुसार बलियो नेपालले कुपोषण विरुद्धको अभियानमा सहकार्य गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेको छ।

सम्झौता भएसँगै अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बलियो नेपालको अभियानमा सहयोग गर्दै पोषण सम्बन्धी सचेतना र पोषण सम्बन्धी कार्यक्रमका लागि सहकार्य गर्ने छ।

आउँदो पुस्ताले आफ्नो पूर्ण क्षमता हासिल गरुन् र सही पोषणको साथ आफ्नो सपना साकार गरुन् भन्ने संस्थाको उद्देश्य छ।

दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल सरकारी स्वामित्वको अस्पताल हो। जसको स्थापना सन् २०१७ मा भएको थियो।

सरकारले प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज खोल्ने अवधारणा अन्तरगत यो अस्पतालको स्थापना गरिएको थियो।

अपस्तालले यो क्षेत्रका आकांक्षी मेडिकल विद्यार्थीहरूलाई उनीहरूको घर नजिकै चिकित्सा अध्ययन र अभ्यास गर्ने अवसर पनि प्रदान गर्नेछ।


प्रतिक्रिया दिनुहोस्