काठमाडौं । कोरोना भाइरसले संकटग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई सरकारले तत्काल उद्धार नगर्ने जनाएपछि विद्यार्थीहरुले 'टुहुरा' बनेको प्रतिक्रिया दिएका छन् ।
बिहीबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएको थियो।
चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेको छ ।
सरकारले वेवास्थ गर्दै आवश्यक नभएको प्रतिक्रिया दिएपछि वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले 'टुहुरो महसुस गरेको' बताएका हुन्।
नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको भन्दै विद्यार्थीले निराशा व्यक्त गरेका छन्।
वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने, 'हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठा वरपर भएका साथीहरू गइसके।'
'सुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्ल्यूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन् जस्तो लागेको थियो,' उनी भन्छन्, 'तर अहिले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि लान थाले।'
आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू चरम मानसिक तनावमा परेको न्यौपानेले बताए।
सोही विश्वविद्यालयमा बायोकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालले बेवास्ता गर्दा मानिसक तनाव उत्पन्न भएको बताए।
'हामीले चीन सरकारले बस्न र खान दिएन भनेर त भनेकै होइनौँ नि ! तर कम्तीमा सरकारले हाम्रो कुरा सुनोस् र हामीलाई नेपालमा लगेर आइसोलेशनमा राखोस् भन्ने चाहेका हौँ,' उनले भने, 'त्यस्तो गरे कम्तीमा हामीलाई मानसिक तनाव कम त हुन्थ्यो।'
नेपाली दूतावासका अधिकारीहरू पनि रहेको एउटा वीच्याट समूहमा संलग्न नेपालीमध्ये झन्डै १०० जति वुहानमा बसोबास गर्नेहरू भएको उनले बताए।
तनावले अस्वस्थ
तीमध्ये अधिकांशलाई अहिले अरुचि, अनिद्रा र पेटको समस्या समस्या देखिएको जानकारी आफूले पाएको ती डा. गौरव पोखरेल बताउँछन्।
'यो सबै मानसिक तनाव र चिन्ताका कारण भएको हो' उनले भने, 'छिमेकी देशहरूले आफ्ना नागरिकको धमाधम उद्धार गर्न थालेपछि नेपालीमा चिन्ता बढेको छ।'
यो पनी पढ्नुहोस्
कोरोना भाइरसग्रस्त क्षेत्रबाट नेपालीको तत्काल उद्धार नहुने