काठमाडौं। शेरबहादुर देउवा नेतृत्वमा सरकार बने जुनसुकै हालतमा सरकारमा नजानेमा राष्ट्रिय स्वतन्त्र पार्टी अथा रवि लामिछानेको अडान थियो।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्ने भएपछि रवि लामिछानेले गृहमन्त्री बनेर सरकारमा सहभागी भएका छन्।
रविका शुभेच्छुकहरुले भने यसपटक यो नयाँ पार्टी प्रतिपक्षमा बस्नुपर्ने सुझाव दिएका थिए। तर, लामिछाने सरकारमा सहभागी भए।
रविका पूर्वसहकर्मी प्रेम बाँनिया पनि रास्वपा तत्काल सरकारमा जान नहुने पक्षमा थिए।
अब नेपाली काँग्रेसको समेत समर्थनमा सरकार बनेपछि बानियाँले रवि गृहमन्त्रीबाट हट्ने संकेत गरेका छन्।