पृथ्वी जयन्तीको विरोधमा आङकाजीले प्रदर्शन गर्ने

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ११ : ०७


काठमाडौं । पृथ्वी जयन्तीको विरोधमा आङकाजी शेर्पा र उनको समूहले कोणसभाको आयोजना गर्ने भएको छ।

आङकाजी को नेतृत्वमा एउटा समूहले न्युरोड गेटबाट र्याली निकाल्ने जानकारी दिएको छ।

र्‍याली बसन्तपुरमा पुगेर कोणसभामा परिणत हुने बताइए पनि समय तोकिएको छैन।

उनीहरुले मंगोल नेशनल अर्गनाइजेसनले कीर्तिपुरमा आयोजना गरेको विरोध कार्यक्रमपछि न्युरोडमा पनि त्यस्तै कार्यक्रम गर्न लागेका हुन्।


प्रतिक्रिया दिनुहोस्