सेवाग्राहीलाई हैरानी दिने ५ जना बिचौलिया नियन्त्रणमा

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ४३


ललितपुर । महानगरीय प्रहरी परिसर,ललितपुरबाट खटिएको प्रहरी टोलीले यातायात कार्यालय कुसुन्तीमा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने ५ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका नैकाप घरभई ललितपुर कुसुन्ती बस्ने बर्ष ३१ को राजकुमार दुलाल, धनुषा घरभई कुसुन्ती बस्ने बर्ष ३० को धिरज ठकुरी, ललितपुर महानगरपालिका १४ महालक्ष्मीस्थान बस्ने बर्ष ३३ को जित बहादुर रिजाल, सिन्धुली घरभई काठमाण्डौ सिनामंगल बस्ने बर्ष ५२ को कुमार श्रेष्ठ र चितवन घरभई काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ३५ को अमृत बि.क छन् ।

निजहरूले यातायात कार्यालय कुसुन्तीमा सेवाग्राहीहरुलाई काम छिटो गरिदिन्छु भने प्रलोभनमा पारी अनावश्यक हैरानी दिने गरेकोले पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललिरपुरले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्