नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) बीच पार्टी एकता संयोजन समिति गठन भएको छ।
नेकपा (बहुमत)का संयोजक कञ्चन, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरण र नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीसहित तीनै पार्टीका सात–सातजना रहेको २१ सदस्यीय पार्टी एकता संयोजन समिति गठन भएको हो।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरण, नेकपा (बहुमत)का संयोजक कञ्चन र नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले मङ्गलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता संयोजन समिति गठन भएको सार्वजनिक गरेका छन्।