राजनीतिक उतारचढाव प्रति निरपेक्ष रहनु राजसंस्थाको विशेषता होः ज्ञानेन्द्र शाह

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ५२


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा वक्तव्य जारी गरेका छन्।

पृथ्वी नारायण शाहको ३०१ औं जन्मजयन्ती बुधबार विविध कार्यक्रम गरि मनाईंदै छ। सो उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

सरकारले पृथ्वी जयन्तीमा बिदा दिएको निर्णयबारे घुमाउने तवरमा उनले समर्थन जनाएका छन।

पूर्वराजा शाहले आफ्नो वक्तव्यमा ‘राजनीतिक उतारचढाव प्रति निरपेक्ष रहनु’ राजसंस्थाको मौलिक विशेषता भएको उल्लेख गरेका छन्।

पूर्वराजा शाहले पृथ्वीनारायण शाहका दिव्योपदेश आत्मसाथ गर्नुपर्ने आवश्यता औंल्याएका छन्।

उनले पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्न सके नेपालीहरुको स्वाभिमान सुरक्षित हुने विश्वास बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस्