रेशम चौधरीलाई कानुन बनाएर जेलमुक्त गरिनेछः प्रधानमन्त्री

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ५६


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गर्ने बताएका छन्।

प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन्।

तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यक्र्तालाई छुटाउन पहल गरेको पनि उनले बताए।

‘अब त सदन सरु भइसक्यो, अब कानुनसम्मत ढंगले उहाँसहित अरु त्यस किसिमले बन्दी बनाइएका सबै नेता कार्यकर्तालाई छुटाउने वातावरण बनाइन्छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस्