यौन शोषणको उजुरीपछि एसएसपी शौरभ राणा निलम्बित

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : २६


काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणालाई निलम्बन गरेको छ। 

यौन हिंसाको उजुरी परेपछि विवादमा तानिएका एसएसपी राणालाई शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो ।

धरानकी एक महिलाले राणाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्।

संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई  बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्