घट्यो सुनको भाउ

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : ५५


सुनको भाउ आज घटेको छ। अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच सय कायम भएको छ।

छापावाल सुनको मूल्य सोमबार प्रतितोला रू एक लाख तीन हजार नौ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ। यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार चार सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू २५ ले घटेर प्रतितोला रू एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ। रासस


प्रतिक्रिया दिनुहोस्