प्रचण्डलाई विश्वासको मत दिने देउवाको आश्वासन

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ३५


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने आश्वासन दिएका छन्।

कांग्रेससँग विश्वासको मत माग्न पार्टी सोमबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड धुम्बाराही पुगेका थिए।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवाले विश्वासको मत दिने आश्वासन दिएको बताइएको छ। प्रचण्डले प्रधानमन्त्री भएपछि भोलि विश्वासको मत लिँदैछन्।


प्रतिक्रिया दिनुहोस्