काठमाडौं । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सहित ३ पार्टीले पृथ्वी जयन्तीमा बिदा दिने सरकारी निर्णयको बिरोध जनाएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यहि पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेकामा ३ कम्युनिष्ट पार्टीले सो कदमलाई प्रतिगामी भन्दै फिर्ता लिन माग गरेका छन्।