काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतसँग संवाद थाल्न आग्रह गरेका छन्।
केहिदिनअघि दार्चुलामा घटेको घटनाका सम्बन्धमा रवि लामिछानेले गृहमन्त्री नबन्दा आक्रामक वक्तव्य दिएका थिए।
गृहमन्त्री बनेपछि रवि भारतसँगको विवादित मुद्धाहरुबारे मौन देखिएका छन्।
अब गृहमन्त्री भइसकेपछि काम गरेर देखाउन मिश्रले आग्रह गरेका छन्। एपिवान टेलिभिजनको एक कार्यक्रममार्फत मिश्रले बोलेर मात्र नहुने भन्दै व्यवहारमा पनि उतार्न सुझाव दिएका छन्।
गृहमन्त्री लामिछानेलाई रवीन्द्र मिश्रको प्रश्नः अब भारतसँग वार्ता दार्चुलामा गर्ने कि दिल्लीमा ? Tamasoma Jyotirgamaya
रवीन्द्र मिश्र- वरिष्ठ उपाध्यक्ष, राप्रपा @RabindraMishra #rabindramishra
यो सोमबार राति ९ बजे @tikaramyatri
This Monday at 9 pm #tamasomajyotirgamaya
#ap1hd pic.twitter.com/PbcvkdmpWj— AP1 HD TV (@AP1HDTV) January 8, 2023