नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ५ : ३५


काठमाडाैं । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एमबीपीएस इन्टरनेट र रु. १ हजार १५४ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।

ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सिजीनेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो । ‘पहिले सेवा पछि पैसा’को अवधारणाले शुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरेपछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।

यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरि रु २ हजार ५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्चजस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।

इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सिजीनेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरूसहित पोस्टपेड योजना ल्याएको छ ।

यस योजनाको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरू प्रदान गर्नुका साथै सहज र स्वतन्त्रताका साथ इन्टरनेट प्रदान गर्नु हो । नेपाली इन्टरनेट उद्योगको भुक्तानी नीतिप्रति जनताको धारणा परिवर्तन गर्न सिजीनेटको यो नयाँ दृष्टिकोण अत्यन्त आशाजनक छ ।


प्रतिक्रिया दिनुहोस्