रवि लामिछाने विरुद्ध शंकरापुरमा नारावाजी

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ३ : १४


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध काठमाडौंको शंकरापुरमा नारावाजी भएको छ।

शंकरापुरका स्थानीयले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध विगत ८ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।

उनीहरुले एमसीसीलाई जग्गा नदिने भन्दै प्रदर्शन गरेपछि सरकारले प्रहरी नै खटाएको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदै आएको छ।

आज पनि उनीहरुले ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन।

शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले सरकार,विध्युत प्राधिकरण र एमसीसीविरुद्ध चर्को नारावाजी गरे।

सो क्रममा उनीहरुले ‘एमसीसी मूर्दावाद, एमसीसी चाहिंदैनु, ‘गो ब्याक एमसीसी’, ‘नालायक गृहमन्त्री राजीनामा दे’, रवि लामिछाने मूर्दावाद’, ‘नालायक कुलमान मूर्दावाद’, ‘हाम्रो भूमि फिर्ता गर’, प्रहरी दमन मूर्दावाद’ ‘आदिवासीको जग्गा अतिक्रमण गर्न पाइँदैन’, सबस्टेशन स्थानान्तरण गरु लगायतका नारा लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्