पानी सोचेर स्पिरिट खाएकी विद्यार्थीको मृत्यु

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १२ : २८


सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ।

मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो।

सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिर्जनाकुमारीको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

पानीको प्यास लागेपछि उनले पानी मागेकी थिइन। शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको मृत्यु भएको विरोधमा सिरहाको सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

पुस २२ गते विद्यालयमा औषधी खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन्।

शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिइन्। छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्पिरिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्