सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : १२


काठमाडौं । सत्ता साझेदार दलहरु पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन तयार भएका छ। राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो।

सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको सरकारको २० बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ ।

सरकारको न्युनतम साझा कार्यक्रममा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने’ उल्लेख छ।

योसँगै राप्रपा अब सरकारमा सहभागी हुने पक्का भएको छ ।


प्रतिक्रिया दिनुहोस्