शुक्रबार चलचित्रः हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : ३५


फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ। हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ। मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ।

“हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ। यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ”, निर्देशक जेम्सले भन्नुभयो। प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतले अभिनय गर्नुभएको छ। “मैले सुनकेशरी नामक हरर फिल्म बनाए। यद्दपि बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै राम्रो काम गरेका छन्”, अभिनेत्री ऋचा शर्माले भन्नुभयो।

अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गर्नुभएको छ। “निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन्। मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु”, अभिनेत्री हमालले भन्नुभयो। अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’लगायतका हरर फिल्ममा काम गर्नुभएको छ। निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन रहेको छ।


प्रतिक्रिया दिनुहोस्