पाम आयलको निर्यात खुलाउन भारतीयसँग छलफल

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  २ : ५०


काठमाडौं । पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल शुरु गरेको छ । नेपालका लागि कार्यावाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले बिहीबार पाम आयल निर्यात गर्ने विषयमा छलफल गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड र मन्त्रालयका पदाधिकारीबीचमा छलफल भएको हो । मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयलको निर्यात खुलाउने विषयमा छलफल भएको जानकारी दिए । नेपालले अन्तर्राष्ट्रिय कानून बमोजिम नै भारततर्फ पाम आयल निर्यात गरिरहेको उनले जानकारी दिए ।

छलफलमा स्वदेशी उद्योगले निर्यात गर्ने पाम आयल बल्कका रुपमा नभइ सानो परिणामको प्याकेट र ३५ प्रतिशत मूल्य अभिवृद्धि गरी किासी गर्दै आएको भारतीय पक्षलाई जानकारी गराइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार भारतीय पक्षले यो विषयमा अध्ययन गरिरहेको छ । 
-कारोबार दैनिक


प्रतिक्रिया दिनुहोस्