सामाजिक सञ्जालमा चर्को विरोध भएपछि बाघको शालिक हटाइयो

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  २ : ५५


काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्ताको लगातारको आलोचनापछि सुर्खेतमा बनाइएको पाटेबाघको शालिक ढालिएको छ।

स्वरुप नमिलाइ बनाएको सुर्खेतस्थित सहिद पार्कमा बनाइएको बाघको मूर्ति मर्मत गर्न हटाइएको हो।

पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेका बेला यसलाई वास्तविक आकार दिन हटाइएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्