सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ००


काठमाडौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम एवं सरकार विस्तार, विश्वासको मतलगायतका विषयमा छलफल हुनेछ।

यही पुस १० दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्