केजरीवाल हराउन भाजपाका २ सय सांसद, ७० मन्त्री, ११ मुख्यमन्त्री दिल्लीमा

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ५ : २१


एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली विधानसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले प्रचारप्रसारका गतिविधिहरुलाई ह्वात्तै बढाएका छन् । त्यसक्रममा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय जनता पार्टीमाथि राजनीतिक आक्रमण गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले भारतीय जनता पार्टीले दिल्लीबाहिरका मानिसलाई बोलाएर प्रचार गरिरहेको र त्यसले दिल्लीवासीलाई अपमानित गरेको आरोप लगाए । उनले आम आदमी पार्टीलाई पराजित गर्न भारतीय जनता पार्टीले २०० सांसद, ७० मन्त्री र ११ जना मुख्यमन्त्रीलाई दिल्लीमा परिचालित गरेको आरोप लगाए ।

दिल्ली विधानसभामा ७० सिटका लागि ८ फब्रुअरीका दिन चुनाव हुँदैछ । ११ फेब्रुअरीका दिन उम्मेदवारहरुको फैसला हुनेछ । दिल्लीमा भारतीय जनता पार्टी र आम आदमी पार्टीबीच कडा टक्कर हुने अनुमान गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस्