काठमाडौं । सरकाराले नेकपा सांसदले राखेको गाँजाखेती खुला गर्नुपर्ने प्रस्ताव अस्वीकार गरेको छ ।
सत्तारुढ नेकपाका सांसद विरोध खतिवडा प्रस्तावक रहेको गाँजा(भाङ खेती गर्न दिने व्यवस्था गर्न माग गरिएको विशेष सार्वजनिक महत्त्वको प्रस्तावमा नेकपाका अन्य सांसदको समर्थन रहेको थियो।
तर,सरकारका प्रवक्ताले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्।
बिहीबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त प्रस्तावसँग सरकारको साइनो नभएको बताउँदै भने , 'हरेक कुरामा सरकारको दृष्टिकोण किन खोज्नुहुन्छ ? सरकारसित सोधेर उहाँहरूले गरेको हुँदैन। हाम्रो हेराइको घेरा अलि साँघुरो भयो कि !'