प्रतिनिधिसभा सदस्य आले र राईद्वारा सपथ

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  २ : ३२


काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गर्नुभएको छ।

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उहाँहरुले सपथ लिनुभएको हो।

गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको सपथ समारोहमा आले र राई अनुपस्थित हुनुहुन्थ्यो। आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना हुनुभएकाले उहाँहरुले आज सपथ लिनुभएको हो।


प्रतिक्रिया दिनुहोस्