स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ४३


काठमाडौँ।रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो।

उहाँले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो। सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्