पछिल्लो समय पश्चिमा संस्कृति अर्थात ‘केक कल्चर’को प्रभाव बढ्दो छ।
जन्मोत्सव बार्षिकोत्सव मनाउँदा होस वा कसैको स्वागतको लागि पनि पश्चिाहरुले केक काट्ने संस्कृति नेपालमा पनि बढ्दो छ।
खुशीयाली मनाउने नेपालको मौलिक संस्कृति धरापमा परेको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्। भने केक कल्चर विस्थापित गर्नुपर्ने समेत उनीहरुले बताउँदै आएका छन्।
यसैबीच, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आफ्नो श्रीमतीको जन्मदिन जुजु धौ अर्थात दही काटेर मनाएका छन्।
यस्तै उनले मैन बत्ति निभाउनुको सट्टा दियो बाले।