काठमाडौं । होटलको १२ औँ तलाबाट हाम्फाल्नुअघि झापाका निराकार पाण्डेले परिवारलाई भिडियो कल गरे।
सार्वजिनक भिडियो कलमा आफ्ना ९ वर्षीय छोरालाई उनले सम्झाएको देखिन्छ।
उनले भनेका छन्, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु। अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू। सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा।’
बिहीबार राति भएको सो घटनामा उनी बाच्न सकेनन्।
उनी रहेको क्यासिनोमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको हो, जसमध्ये एक जना नेपाली थिए।
एक महिनाअघि भिजिट भिसामा कम्बोडिया गएका झापा बिर्तामोडका ४० वर्षीय निराकारको मृत्युले उनको गाउँ शोकमग्न छ। उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ।
थाइल्यान्डसँग सीमा जोडिएको उत्तरी कम्बोडियाको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोमा राति भीषण आगलागी हुँदा त्यहाँ सयौँ मानिसहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।