बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : २३


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी रहेको सचिवालयले जनाएको छ। दुई नेताबिच मन्त्रीमण्डल विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

बिहीबार पनि सत्ता गठबन्धनको बैठकमा सहभागी हुन ओली बालुवाटार पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्