काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज नेप्से १३ सय अंकभन्दा माथि लागेको छ । साताको पाँचौँ दिन आज नेप्से १९ दशमलव ५१ प्रतिशतले बढेर १ हजार ३ सय २५ दशमलब ३८ बिन्दुमा पुगेको छ भने कारोबार १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७५९ भएको छ ।
आज धेरै कारोबार गर्नेमा सूर्या लाइफ इन्स्योरेन्स रहेको छ । जसको कारोबार ११ करोड ३६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । जसको कारोबार सात करोड २० लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज निर्जीवन बीमा समूहको सूचकमा चार प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने म्युचल फण्ड समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने ट्रेडिङ समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।
त्यस्तै, जीवन बीमा समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको गिरावट आएको छ, होटल र बैंकिङ समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले सेयर बजारमा हरियाली छाएको छ ।
त्यसैगरी, आज धेरै फाइदा खानेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । कम्पनी दश प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा प्हिमालय उर्जा विकासका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ३५ प्रतिशतले घाटामा गएको छ ।