काठमाडौं । २० ओभरको क्रिकेट खेलमा विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक वेष्ट इन्डिजका क्रिस गेलले नेपाल आउने भएका छन्।
पोखरा राइनोज टोलीबाट एभरेष्ट प्रिमियर लीग ईपीएल खेल्न उनी काठमाडौं आउन लागेको आयोजकले जनाएको छ।
उनले दुई खेल मात्रै खेल्ने बताइएको छ तर उनको अनुबन्ध रकमबारे खुलाइएको छैन।
एक भिडिओ सन्देशमा गेलले भने 'नेपाल, गेट रेडी फर द गेम्स' 'नेपाल, खेलको लागि तयार रहनुे।'
छ क्लबबीच हुने उक्त प्रतिस्पर्धा मार्च १४ देखि २८ सम्म कीर्तिपुर मैदानमा हुनेछ।
Nepal, the forecast for March is Stormy! @henrygayle has confirmed to play in the @eplt20official for @pokhararhinos! Are you ready for the Gayle Storm?#galligallimaGayle #GoGayle #GoRhinos #eplt20 pic.twitter.com/FuurBZ50ci
— EPL – Everest Premier League (@eplt20official) January 30, 2020