सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारमा सहभागी हुन सो प्रस्ताव अघि सारेपछि राप्रपाको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन्।
मन्त्रिपरिषद् बैठकबाट सो निर्णय गरिने बताइएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ वटा सिट जितेको राप्रपा हाल सरकारमा सहभागी नभएपनि बाहिरबाट समर्थन भने गरिरहेको छ।