काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने भएका छन्।
बुधबार भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र पुगेर उनले मरणोपरान्त अंगदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्।
मृत्युपछि उनले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यानक्रियाज, सानो आन्द्रा दान गर्नेछन्।