प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ। ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो।
अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको छ।