महान फुटबलर पेलेको निधन भएको हो?

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ३२


रियो दि जेनेरियो । ब्राजिलका महान फुटबलर पेलेको निधन भएको भन्दै अहिले सामाजिक सञ्जालमा खबर फैलिएको छ।

क्यान्सर, मिर्गौला र मुटुको रोगबाट ग्रसित उनको निधन भएको भन्दै अहिले नेपालमा पनि धेरैले श्रद्धाञ्जली समेत व्यक्त गरिरहेका छन्।

८२ वर्षिय पेलेको पछिल्लो अवस्थाबारे अन्तराष्ट्रिय कुनै पनि सञ्चारमाध्यामले उल्लेख गरेका छैनन।

उनको हाल अस्पतालमै चिन्ताजनक अवस्थामा उपचार भइरहेपनि मृत्यु नभएको बताइएको छ।

अवस्था चिन्ताजनक भएपछि हालै उनको परिवारले अस्पतालमै क्रिसमस मनाएको थियो।

हालै थाइल्याण्डको एक वेबसाइटमा पेलेको मृत्यु भएको दाबि सहित लेख छापिए पछि सोही स्क्रिनसटलाई सार्वजनिक गर्दै अहिले पेलेको निधनको अफवाह फैलाइएको खुलेको छ।

अहिलेको स्थितीबारे अन्तराष्ट्रिय मिडिया पनि मौन छन्। यसअघि सन् २०१९ मा समेत पेलेको मृत्युलाई लिएर सामाजिक सञ्जाल मात्र हैन अन्तरराष्ट्रिय मिडियामा समेत समाचार आएका थिए।


प्रतिक्रिया दिनुहोस्