रवि लामिछाने पुगे राहदानी विभाग

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : १७


काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका छन्।

पछिल्लो समय विभागमा सेवाग्राहीको चाप बढेको गुनासो आएपछि बुधबार अनुगमनका लागि लामिछाने त्यहाँ पुगेका हुन्।

विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारको पहिलो बैठकले राहदानी र लाइन्सेन्स वितरणको समस्या हल गर्ने निर्णय गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्