प्रधानमन्त्री दाहालसँग नेता नेपाल र यादवको भेट

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ११ : ५८


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ।

भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।

यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गर्नुभएको छ। यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्