राष्ट्रपतिबाट हनुमानढोकामा वसन्त श्रवण

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ८ : ५३


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवन गर्नु भएको छ ।

हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । 

बिहीबार बिहान ९ः०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नु भएको हो ।

हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले राष्ट्रपतिलाई बसन्त श्रवण गराउनु भएको थियो ।

श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ । नेपालमा राष्ट्राध्यक्ष लगायत सरकार प्रमुख सबैले हनुमानढोका दरबारको नासल चोकमा बसन्त श्रवण गर्ने चलन छ । आजबाट बसन्त ऋतु सुरु भएको मनिन्छ । 


प्रतिक्रिया दिनुहोस्