गैंडाको खागसहित चाबहिलबाट दुई जना पक्राउ

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ८ : ५०


काठमाडौं । काठमाडांँको चाबहिलबाट गैंडाको खागसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् ।

उनीहरुले चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । खत्री र थापाको शरीर तथा कोठा खानतलासी गर्ने क्रममा गैडाको एक थान खाग फेला पारी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्