काठमाडौँ । राजधानीका विभिन्न स्थानबाट ४ लाख ३१ हजार नक्कली नेपाली नोटसहित ४ जनालाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। विगत केही महिनादेखि उपत्यकामा नक्कली नोट देखाइ ठगी गर्दै आएकाे गिरोह पक्राउ परेकाे हाे।
पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका आर्यान खड्का र धनकुटाका छत्र बहादुर लिम्बु रहेका छन्। पक्राउमध्ये रानामगर नक्कली नेपाली नोट छपाइ गर्ने मुख्य व्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले उनीबाट ९० हजार नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, फोटोकपी पेपर लगायतका समान बरामद गरेको छ। बुढाथोकी भने बजारमा नक्कली नोट पुर्याउने मुख्य व्यक्ति रहेको सीआइबीले जानकारी दिएकाे छ । उबुढाथोकीबाट नक्कली दुई लाख ९८ हजार रुपैयाँसमेत बरामद भएको छ ।